राजनीति

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

Banner

काठमाडौँ, असार १२ –

राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल भएको छ । राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले सो सन्देश टेबुल गराउनुभएको हो ।

यसैगरी, बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुभयो । बैठकले प्रतिनिधिसभा पूर्वसदस्य एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

राष्ट्रियसभाको अर्को बैठक यही असार १५ गते मध्याह्न १२ः१५ बजे मा बस्नेछ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>