राजनीति
रास्वपा नेतृत्वमा नयाँ भूमिका खोज्दै सन्तोष पन्त, केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

चितवन, असार १०-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत युवा नेता सन्तोष पन्तले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले गृहमन्त्री सुधन गुरुङको समर्थनमा उम्मेदवारी दिएका हुन्।
महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको मनोनयनका क्रममा गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ का पन्तले गण्डकी प्रदेश भूगोलतर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।पन्तको उम्मेदवारीको प्रस्तावकमा रास्वपा केन्द्रीय सदस्य एवं सांसद शोभा खनाल रहेकी छिन् भने समर्थकमा गृहमन्त्री गुरुङसँगै सुजन देवकोटा रहेका छन् ।
रास्वपा स्थापनाकालदेखि संगठन निर्माण र विस्तारमा सक्रिय सन्तोष पन्त हाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमको सचिवालयमा कार्यरत छन्। पार्टीको नीति, विधि र संगठनमा काम गरेको अनुभवका आधारमा उनले भूगोलको बलियो प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रास्वपाको नयाँ केन्द्रीय समिति चयनका लागि बुधबार मतदान हुनेछ ।


























