Breaking News

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने केन्द्रीय महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

Banner

काठमाडौं, असार ३ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक गरिएको छ ।

बुधबार रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक गरेको हो ।

पार्टीले तय गरेको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरस्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुने जनाइएको छ ।

सुरुमा रत्ननगरको टाँडीमा गर्ने भनिए पनि गर्मीका कारण ठाउँ परिवर्तन गरिएको थियो । बन्द सत्रमा करिब ३,००० प्रतिनिधि सहभागी हुनेछन् भने उद्घाटन सत्रमा ठूलो संख्यामा जनसहभागिता रहने आंकलन गरिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>