राजनीति
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन
०

काठमाडौँ, असार २ –
प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ ।
विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी रहेका बेला सम्बन्धित मन्त्री बैठकमा सहभागी नभएको भनी प्रश्न उठेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगन गर्नुभएको हो ।
बैठकमा सांसद गोपाल शर्माले संसद् नियमावलीअनुसार सम्बन्धित मन्त्रीको उपस्थिति बिना सो मन्त्रालयको शीर्षकमा छलफल हुन नसक्ने भन्दै आपत्ति जनाउनुभएपछि बैठक स्थगन गरिएको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























