मनोरञ्जन

चलचित्र ‘आई लभ यू मम’ सार्वजनिक, दर्शकको माया पाउने विश्वास

Banner

चितवन , जेठ ३१-

आमाप्रति समर्पित लघु चलचित्र ‘आई लभ यू मम’ युट्युबमार्फत सार्वजनिक भएको छ। म्याङ्गो प्लेजर प्रालिको ब्यानरमा निर्माण भएको उक्त लघु चलचित्र एक कार्यक्रमकाबीच युट्युबमा सारवजनिक गरिएको हो ।

देव आरएन अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको चलचित्रमा आफ्नो सन्तानप्रति आमाको मायाको कथालाई देखाईएको छ । रिहान मियाले निर्देशक गरेको चलचित्रमा देव आरएन, एन्जल श्रेष्ठ, आरजू अधिकारी तथा पुजन लामिछानेको अभिनय रहेको छ। चलचित्रमा कपिल मगरको सिनेमाटोग्राफी र सम्पादन रहेको छ ।

चलचित्र सार्वजनिक कार्यक्रममा अभिनेता देव आरएनले सन्तानप्रति आमाको निस्वार्थ प्रेम, त्याग र समर्पणको कथालाई पर्दाको माध्यममा देखाउने खोजिएको बताए । उनले चलचित्रको कथा हरेक आमा र सन्तानसँग मेल खाने भन्दै सबैको मन जित्ने विश्वास व्यक्त गरे ।

निर्देशक मियाले पनि दर्शकको माया पाउने विश्वास व्यक्त गरे । चलचित्र सार्वजनिक कार्यक्रम उपस्थित अतिथिहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । कलाकारको अभिनयदेखि कथा र प्रस्तुतिको सबैले प्रशंसा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>