चितवन विशेष
राष्ट्रिय वन क्षेत्रमा रहेका पुराना सालका काठ व्यवस्थापन गर्दै डिभिजन वन कार्यालय चितवन
०

चितवन, जेठ २९ –
डिभिजन वन कार्यालय, चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका पाँच वर्ष पुराना पाँच हजार २०० क्युबिक फिट सालका काठ व्यवस्थापनको काम सुरु गरेको छ ।
वन ऐन तेस्रो संशोधन, २०७९ ले सालका काठ पाँच वर्ष पुराना, सिसौ दुई वर्ष पुराना र अन्य काठ एक वर्ष पुरानालाई व्यवस्थापन गर्न सकिने अधिकार दिएपछि कार्यालयले पाँच वर्ष पुराना काठ व्यवस्थापनको काम सुरु गरेको कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले बताउनुभयो ।
सतनचुली सामुदायिक वन र चुम्लिङटारमा रहेका उक्त ‘ए’ ग्रेडका काठबाट प्रतिक्युबिक फिट रु एक हजारदेखि एक हजार २५० सम्म राजस्व सङ्कलन हुनेछ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























