राजनीति
प्रधानमन्त्रीको सिमा विवादसम्वन्धि धारणा लिखित रुपमा भएपनि आउनुपर्छः हर्क साम्पाङ

काठमाडौं, जेठ २७ –
श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवादसम्वन्धि धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई जिम्मेवारी बनाउन निरन्तरण विरोध गरिरहेको उल्लेख गर्दै जसको गल्ति उसैले सच्चाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्रीलाई जिम्मेवारी बनाउने कुरा हो, अरु केही हैन, उहाँ यहाँ आउनै नहुने उहाँले गर्नुभएको जुन गल्ति छ त्यसलाई सच्चाउन अरु मान्छे लागिदिनुपर्ने भन्ने खालको कुरा न्यायसम्वत छैन । संविधानसम्वत पनि छैन । हामीले विधिद्धारा संसदलाई सञ्चालन गर्नुपर्ने हो या के हो ? यहाँ प्रश्न गर्न चाहान्छु। हाम्रो माग सम्वन्धित व्यक्ति जसले गल्ति गर्नुभएको हो उहाँको तहबाट नै उहाँको धारण के हो प्रधानमन्त्रीको धारणा के हो ? लिखितरुपमा भएपनि धारणा राख्नुपर्छ ।’
यस्तै उनले प्रधानमन्त्री भन्ने पद संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै संविधानसम्वत संसद चल्नुपर्ने बताए ।
‘त ठूलो कि म ठूलोरु अहंकार ठुलो कि संस्कार ठूलो ? आकार ठुलो कि प्रकार ठुलो ? पेलेर जाने कि सम्हालेर लाने ? पद ठूलो कि देश ठूलो ? प्रश्नै प्रश्न छन् यहाँ यो प्रश्न म राख्न चाहान्छु । हाम्रो आन्दोलन, माग एउटै उद्देश्य छ प्रधानमन्त्री भन्ने पद व्यक्तिसँग सरोकार राख्दैन । प्रधानमन्त्री भन्ने पद संसदप्रति उत्तरदायी हुनैपर्छ। संविधानको धार ७६ को उपधारा १० अन्तर्गत यो संसद चल्ने कि नचल्ने ?’, उनले भने । न्यूज बैंक
























