राजनीति

मविरुद्ध संगठित रुपमा अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

Banner

काठमाडौं,जेठ २७-

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै अर्थमन्त्री डा।. वाग्लेले आफूविरुद्ध योजनाबद्ध रूपमा अफवाह फैलाइएको दाबी गरेका छन्। बजेटमाथि गम्भीर छलफल हुनुपर्ने समयमा प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेर व्यक्तिगत रूपमा निशाना बनाउने प्रयास भएको उनको भनाइ थियो। ‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध संगठित रूपमा अफवाह फैलाइएको छ,’ उनले भने, ‘त्यसको जवाफ दिन र यथार्थ स्पष्ट पार्न म संसदीय समितिमा उपस्थित भएको हुँ।’

अहिले समिति बैठक जारी छ। अर्थमन्त्रीले आफ्नो धारणा राखिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>