राजनीति
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरुङको निर्णय
०

काठमाडौँ, जेठ २६-
सरकारले वि.सं.२०५८ को दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने भएको छ । गृहमन्त्रीको पदभार ग्रहण गर्दै सुधन गुरुङले उक्त फाइल खोल्ने निर्णय गरेका हुन् ।
त्यस्तै, उनले जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय पनि गरेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने निर्णय पनि गरेका छन् ।
गृहमन्त्रीको पदभार सम्हाल्दै गुरुङले आफूमाथि जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्ने बताए । तर, नेपाली चेलीहरूलाई दुःख दिएको सहन नसक्ने उनको भनाइ छ । आफूमाथि तथ्यबिना आरोप लगाइएको गुरुङको भनाइ छ । उनले मिडिया ट्रायलकै कारण कोही व्यक्तिले आत्महत्या गर्ने अवस्था नआओश भन्ने चेतनावनी समेत दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























