राजनीति

रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन

Banner

काठमाडौँ, जेठ २६ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले आज यहाँ विज्ञप्ति जारी गरी अधिवेशनका सम्पूर्ण प्रक्रिया तत्कालका लागि स्थगित गरेको जानकारी दिनुभयो ।

निर्वाचन आयोगले पार्टीको विधान, २०७९ ९तेस्रो संशोधनसहित०को दफा ४१ तथा दफा ४९ बमोजिम प्राप्त अधिकार प्रयोग गरी यस्तो निर्णय गरेको प्रमुख केसीले बताउनुभयो ।

मधेस प्रदेश अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय र विधिसम्मत ढङ्गले सम्पन्न गर्न सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएकाले हाललाई सबै गतिविधि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ ।

उक्त निर्णयसँगै प्रतिनिधि छनोट प्रक्रिया, निर्वाचन कार्यक्रम र कार्यतालिका, उम्मेदवारी दर्ता प्रक्रिया, चुनावी प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित अन्य सम्पूर्ण काम रोकिएका छन् ।

मधेस प्रदेशमा अधिवेशन पुनः सञ्चालन हुने मिति, समय तथा संशोधित कार्यतालिकाबारे केन्द्रीय निर्वाचन आयोगबाट आधिकारिक रूपमा पछि जानकारी गराइने बताइएको छ ।

आयोगले अर्को निर्देशन जारी नभएसम्म मधेस प्रदेशमा अधिवेशनसँग सम्बन्धित कुनै पनि नयाँ गतिविधि सञ्चालन नगर्न सम्बन्धित सबै पक्षलाई आग्रहसमेत गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>