चितवन विशेष

रास्वपा चितवनको सभापतिमा तीन जनाको प्रतिस्पर्धा

Banner

चितवन, जेठ २४–

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन गरिएको छ । सभापतिका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

सभापतिमा यसअघिकै सभापति कृष्ण प्रसाद भुसाल, मिनि माधव खनाल र प्रकाश आचार्य प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेतृत्वका लागि अपरान्ह ६ बजेबाट मतदान सुरु भएको छ । पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याए पुनः मतदान हुनेछ । निर्वाचनमा ४०९ जना मतदाता छन् ।

यस्तै उपसभापति पदका लागि पनि तीन जना उम्मेदवार छन् । टिकादत्त इटनी, निर्मला गिरी र प्रभाकर जोशी उपसभापतिको प्रतिस्पर्धामा छन् ।

त्यस्तै सचीवमा तेजेन्द्रप्रसाद पौडेल र नेत्र प्रसाद लामिछाने प्रतिस्पर्धामा रहेको निर्वाचन समितिले जनाएको छ ।
सह–सचिबमा भने चार जना प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन समितिका अनुसार कुशल पाठक, चुमबहादुर बिसी, पार्वती पाण्डे र बेद प्रसाद आचार्य चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै चार जना सदस्यका लागि १३ जना चुनावी प्रतिस्पर्धामा छन् । सदस्यमा निर्मला अधिकारी, तुलसी न्यौपाने तिमिल्सिना, जमुना घले वि.क., रघुनाथ उप्रेती, लक्ष्मी आचार्य, रामचन्द्र सिलवाल, सुष्मा भट्टराई प्रतिस्पर्धामा छन् । त्यस्तै कल्पना सुवेदी दनई, परशुराम पाण्डे, प्रमिला अधिकारी, केदारमान वाइवा, राजु पोख्रेल र गंगाराम यादव सदस्यको प्रतिस्पर्धामा रहेको निर्वाचन समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>