चितवन विशेष
गोहीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
०

चितवन,जेठ १९-
चितवनको राप्ती नदीमा गोहीका आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२३ बस्ने ५६ वर्षीय कुलबहादुर चोखालको मृत्यु भएको हो । उनको शव गोहीको आक्रमणबाट क्षतिविक्षत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।
परिवारका अनुसार उनी सोमबार दिउँसो घाँसदाउराका लागि भन्दै घरबाट निस्किएका थिए । साँझसम्म पनि घर नआएपछि परिवारले खोजी सुरु गरेको थियो । तर, आज बिहान राप्ती नदी किनारमा खोजी गर्दैजाँदा गोहीको आक्रमणमा परेर ज्यान गुमाएको अवस्थामा भेटिएको भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए ।
चोखाल सामान्य खेतीपाती र घाँसदाउरा गरेर जीविका चलाउँदै आएका थिए । उनको शवलाई भरतपुर अस्पतालमा ल्याएर पोस्टमार्टम गर्ने तयारी भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























