चितवन विशेष

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार,पत्रकार महासंघले जनायो आपत्ती

Banner

नवलपुर,जेठ १८-

नवलपुरको गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले स्विट नेपालका सञ्चालक युवराज क्षेत्रीमाथि दुर्व्यवहार गरेका छन् । केही दिन अगाडि प्रकाशित ढुंगा, गिटी, बालुवाको समाचारलाई लिएर मेयर अधिकारीले पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार गरेका हुन् ।

मेयर अधिकारीले पत्रकार क्षेत्रीलाई मेयरको अनुमति बिना नगरपालिकामा नछिर्न समेत पत्रकार क्षेत्रीलाई उर्दी जारी गरेका छन् । “तैले हाम्रो बारेमा मनलाग्दी समाचार छापिस्” मेयर अधिकारीले झपार्दै क्षेत्रीलाई भनेका छन्, “अरुको लागि नगरपालिका खुला छ, तँ आउनु पर्दैन ।”

मेयर अधिकारीद्वारा पत्रकार क्षेत्रीमाथि भएको दुर्व्यवहारको नेपाल पत्रकार महासंघ चितवन शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको भर्त्सना गरेको छ । “समाचारको विषयमा चित्त नबुझे कानुनी प्रक्रियामा जाने बाटो हुदाँहुदै जिम्मेवार व्यक्तिले सार्वजनिक स्थानमा दुव्र्यवहार गर्नु दुःखद विषय हो” महासंघको सहसचिव रविना पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा अगाडि भनिएको छ, “सञ्चारकर्मीले आफ्नो पेशागत दायित्व निर्वाह गर्ने क्रममा कुनैपनि प्रकारको अवरोध, दवाब, धम्की वा दुर्व्यवहारप्रति प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सुसुचित हुने अधिकारमाथिको हस्तक्षेप हो । पत्रकारमाथि हुने यस्ता गतिविधिले लोकतान्त्रिक मूल्यमान्यता र संविधानले सुनिश्चित गरेको स्वतन्त्रताको भावनामाथि नै आघात पुर्याउने गर्दछ ।”

सहसचिव पौडेलद्वारा जारी विज्ञप्तीमा नेपाल पत्रकार महासंघ चितवन शाखा यस घटनाको घोर भर्त्सना गर्दै घटनाको सत्य, तथ्य छानबिन गरी दोषी उपर कडा कार्वाहीको माग गरिएको छ । त्यस्तै आगामी दिनमा यसप्रकारको घटना नदोहोर्याउनसमेत महासंघले सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>