फोटो फिचर

स्वयम्भूनाथ स्तूप परिसरको पोखरीमा गर्मी छल्न पौडी खेल्दै बाँदर (तस्बिर)

Banner

काठमाडौं,जेठ १३ –

पछिल्ला दिनहरूमा सङ्घीय राजधानी काठमाडौं उपत्यकामा तापक्रम लगातार बढ्दै गएको छ। जेठ महिनाको दोस्रो हप्ता सुरु भएसँगै बढेको चर्को गर्मीको प्रभाव मानिससँगै पशुपंक्षीमा पनि स्पष्ट रूपमा देखिन थालेको छ। अत्यधिक गर्मी र रापबाट बच्न पशुपंक्षीहरूले आफ्नै शैलीमा विभिन्न उपाय अपनाइरहेका छन्।

यसैबीच, ऐतिहासिक तथा पर्यटकीय स्थल स्वयम्भूनाथ स्तूप परिसरमा यतिबेला रोचक दृश्य देखिन थालेको छ। परिसरभित्र निर्माण गरिएको पोखरीमा त्यहाँ बसोबास गर्ने बाँदरहरू दैनिकजसो पौडी खेल्दै रमाइरहेका भेटिन्छन्। तिर्खा मेट्नुका साथै शरीरलाई शीतल बनाउने उद्देश्यले बाँदरहरू पानीमा हाम फाल्ने, डुबुल्की मार्ने र पौडी खेल्ने गरिरहेका छन्।

बढ्दो गर्मीसँगै स्वयम्भूका बाँदरहरूले पोखरीलाई शीतलता प्राप्त गर्ने माध्यम बनाएका छन्। गर्मी छल्न उनीहरूको यस्तो गतिविधिले त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको ध्यान समेत आकर्षित गरिरहेको छ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>