चितवन विशेष
चितवनमा आज एकैदिन १५ फरार प्रतिवादी पक्राउ
०

चितवन, वैशाख १२-
जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना फैसला भई फरार रहेका १५ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चेक अनादर मुद्दाका ६ जना, लागू औषध मुद्दाका ३ जना, चोरी मुद्दाका ३ जना तथा बैंकिङ कसुर मुद्दाका ३ जना रहेका छन्।
पक्राउ परेका प्रतिवादीहरूमध्ये बैंकिङ कसुर मुद्दाका एक जना दोषीलाई १ महिनाको कैद सजाय तोकिएको छ भने विभिन्न मुद्दामा कुल रु. ३ लाख ५ हजार ७४२ रुपैंया जरिवाना असुल हुने प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई चितवन जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी जिल्ला अदालत चितवनमा पेश गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक निमित्त सूचना अधिकारी मिनष श्रेष्ठले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























