चितवन विशेष

चितवनमा आज एकैदिन ४३ फरार प्रतिवादी पक्राउ

Banner

भरतपुर, जेठ ११-

चितवन प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ४३ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ परेकाहरूलाई सम्मानित चितवन जिल्ला अदालतमा पेश गरिएको छ । पक्राउ परेकामध्ये अभद्र व्यवहार, चेक अनादर, चोरी, जबरजस्ती करणी, बाल यौन दुरुपयोग, बैंकिङ कसुर, लागूऔषध तथा सवारी ज्यान मुद्दाका प्रतिवादी रहेका छन् ।

प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दाका ६ जना, चेक अनादरका १२ जना, चोरीका १० जना, जबरजस्ती करणीका २ जना, बाल यौन दुरुपयोगका १ जना, बैंकिङ कसुरका ३ जना, लागूऔषधका ८ जना तथा सवारी ज्यान मुद्दाका १ जना पक्राउ परेका हुन् ।

उनीहरूमाथि अदालतबाट तोकिएको जम्मा ४ वर्ष ८ महिना ६ दिन कैद सजाय तथा ७ लाख १० हजार ८२१ रुपैयाँ जरिवाना बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>