चितवन विशेष
नारायणी नदी तटबन्धका लागि थप १८ करोेड बजेट विनियोजन,यही आर्थिक वर्षमा धमाधम काम गरिने

चितवन,जेठ ११-
नारायणीमा तटबन्ध निर्माणका लागि थप बजेट व्यवस्था गरी बोलपत्र आब्हान भएको छ । चितवन क्षेत्र नम्वर ३ कि सांसद तथा कानुनमन्त्री सोविता गौतमले नारायणीमा तटबन्ध निर्माणका लागि थप बजेटको व्यवस्था गरी टेण्डर आब्हान गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, नारायणी नदी आसपासका चितवनवासीले भोगिरहेको जोखिम, बाढीजन्य क्षति लगायतका समस्याका कारण नारायणी पुलदेखि गोलाघाटसम्मका अत्यन्त जोखिमयुक्त स्थानहरूमा मनसुनबाट हुनसक्ने विपद्को पूर्वतयारीस्वरूप तटबन्ध निर्माण कार्य गर्नुपर्ने विषयमा स्थानीयवासीहरूले जनप्रतिनिधिको हैसियतमा मलाई पटक–पटक गुनासो तथा ध्यानाकर्षण गराउँदै आउनुभएको थियो । साथै, उक्त विषयमा निरन्तर जानकारीसमेत माग गरिरहनुभएको सन्दर्भमा नारायणी नदीको दायाँ र बायाँ किनारामा नदी नियन्त्रण तथा व्यवस्थापन (तटबन्ध) कार्यका लागि थप संघीय बजेट व्यवस्थापन भई आज बोलपत्र आह्वान सम्बन्धी सूचना प्रकाशन भएको जानकारी गराउँछु ।
१८ करोड बजेटको व्यवस्था गरेर टेण्डर गरिएको मन्त्री गौतमकी स्वकिय सचिव प्रकृती न्यौपानेले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । यसैे आर्थिक बर्षमा काम गर्नेगरी उर्जा तथा जलस्रोत मन्त्रालयबाट टेण्डर आब्हान भएको हो,उहाँले भन्नुभयो,आगामी बर्ष आवश्यक सबैे बजेटको व्यवस्था हुन्छ । मन्त्री गौैतमले केही साता अघि नारायणी नदी कटान क्षेत्रमा स्थलगत निरीक्षण समेत गर्नुभएको थियो ।

























