चितवन विशेष

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

Banner

चितवन, जेठ १०-

चितवनको भरतपुर महानगरपालिका–२० दद्रेनीमा अज्ञात समूहले घरमा पसेर एक महिलामाथि कुटपिट गरी सुन लुटेर फरार भएको घटना सार्वजनिक भएको छ । स्थानीय ५१ वर्षीया झलककुमारी घिमिरेमाथि शुक्रबार राति करिब १२ बजे अज्ञात समूहले कुटपिट गरी सुन लुटेर फरार भएको हो । अज्ञात व्यक्तिहरूले घरको ढोका फोरेर भित्र प्रवेश गरी उनको आँखा र मुख थुनेर कुटपिट गरेका थिए ।

कुटपिटपछि उनीहरूले घिमिरेले लगाएको करिब २ तोलाको सुनको रिङ लुटेर फरार भएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता इनिस्पेक्टर मनिस श्रेष्ठले घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिनुभयो । संकास्पद व्याक्तिहरुमाथि निगरानी गरि अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>