चितवन विशेष
कुरिनटारमा महिन्द्राको २ टन क्षमता भएको ‘बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक

चितवन,जेठ –
महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडले नेपालमै पहिलो पटक २ टन भार क्षमता भएको नयाँ ‘महिन्द्रा बोलेरो म्याक्स पिक-अप’ बजारमा ल्याएको छ । एचडी १.७ एलएक्स भेरियन्टको मूल्य २९ लाख ९५ हजार रुपैयाँ र एचडी २.० एल एसएक्सआईको सुरुवाती मूल्य ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
चितवनको कुरिनटारस्थित महिन्द्रा शोरुममा मंगलबार एक विशेष समारोहबीच यो नयाँ पिक-अप सार्वजनिक गरिएको हो । मुग्लिन प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंह र सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममार्फत यस गाडीलाई आधिकारिक रूपमा बिक्री वितरण खुला गरिएको छ।
नयाँ बोलेरो म्याक्स पिक-अप ‘एचडी १.७ एलएक्स’ र ‘एचडी २.० एल एसएक्सआई’ गरी दुईवटा हेभी-ड्युटी भेरियन्टमा उपलब्ध गराइएको छ । कम्पनीले क्षेत्रीय बजारहरूबाट सार्वजनिक सुरु गरे पनि छिट्टै नेपालका अन्य मुख्य व्यापारिक सहरहरूमा समेत यो गाडी उपलब्ध गराउने योजना बनाएको जनाएको छ ।
विशेषताका हिसाबले यो पिक-अपमा शक्तिशाली एम२डीआई इन्जिन जडान गरिएको छ । यसको भार क्षमता १.७ देखि २ टनसम्म रहेको छ भने १० फिट लामो कार्गो बेड (ढाला) ले गर्दा धेरै सामान सहजै ढुवानी गर्न सकिन्छ ।
गाडीमा स्थिरताका लागि फराकिलो ‘ह्विल ट्र्याक’ र मजबुत संरचनाका लागि ‘सिंगल-पिस बडी साइड आउटर’ प्रयोग गरिएको छ। साथै, ७ आर १६ टायरले लोडको समयमा गाडीलाई सन्तुलित राख्न मद्दत पुर्याउने बताइएको छ ।
कम्पनीका अनुसार यो पिक-अप नेपालको पहाडी तथा उबडखाबड सडकका लागि अत्यन्तै उपयुक्त छ । विशेषगरी फलफूल, तरकारी, निर्माण सामग्री र लजिस्टिक आवश्यकताका लागि यो गाडी ‘साना कमर्सियल गाडी’ श्रेणीमा उत्कृष्ट रोजाइ हुने विश्वास लिइएको छ ।

























