Breaking News

प्रस्तावित प्रधानन्यायाधीशको भोलि नै संसदीय सुनुवाइ

Banner

काठमाडौं, जेठ ४-
प्रस्तावित प्रधानन्यायाधीशको भोलि नै संसदीय सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीशमा सिफारिस भएका डा मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेको छ । गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।

निर्धारित समयमा १६ वटा उजुरी परेको हो । प्राप्त उजुरी खोल्नका लागि बिहान ८ बजेका लागि संसदीय सुनुवाइ समितिको बैठक राखिएको छ । सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार, उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ ।

‘उजुरी खोलेर सांसदहरूलाई वितरण गरेपछि बिहान १० बजे वरिपरिबाट उजुरीकर्तासँग छलफल हुनेछ । त्यसपछि निरन्तर बैठक चल्नेछ र प्रस्तावित प्रधनन्यायाधीशको सुनुवाइ हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>