चितवन विशेष
चितवनका रामप्रसाद सुवेदी यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँपटक उपाध्यक्ष निर्वाचित

चितवन, बैशाख ३०-
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट चितवनका रामप्रसाद सुवेदी पुनः उपाध्यक्ष पदमा निर्वाचित भएका छन्। पोखरामा सम्पन्न महाधिवेशनमार्फत उनी सातौँपटक उपाध्यक्ष पदमा निर्वाचित भएका हुन ।
सुवेदी विगत २६ वर्षदेखि यातायात व्यवसायमा सक्रिय छन्। उनले चितवन टेम्पो तथा यातायात व्यवसायी संघबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेका थिए। उनले लामो समयदेखि यातायात व्यवसायीहरूको हकहित, संगठन सुदृढीकरण तथा यातायात व्यवस्थापनमा उनले योगदान दिँदै आएका छन्।
यातायात क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सुवेदी विभिन्न राष्ट्रिय सम्मानबाट सम्मानित भइसकेका छन्। उनले राजतन्त्रकालदेखि गणतन्त्रकालसम्म विभिन्न निकायबाट सम्मान प्राप्त गरेका छन्।
महासंघ एउटै पदमा सातौँपटक निर्वाचित भएर सुवेदीले इतिहास रचेका छन। महाधिवेशनमा करिब १८ सय प्रतिनिधिहरू सहभागी भएका थिए। प्रतिनिधिहरूको व्यापक समर्थनका साथ सुवेदी पुनः उपाध्यक्षमा निर्वाचित भएका हुन्।
चितवनमा यातायात कार्यालयकोे सेवा ल्याउनका लागि पनि सुवेदीको महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सातौँ राष्ट्रिय महाधिवेशनबाट पुण्यप्रसाद सिटौलाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
























