चितवन विशेष
मिरज ढुंगानाको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन,बैशाख २९-
युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने उद्देश्यसहित मिरज ढुंगानाको नेतृत्वमा देशभर युवा सञ्जाल गठन अभियान तीव्र रूपमा अघि बढाइएको छ । युवा केन्द्रित राजनीतिक अभियानअन्तर्गत देशभरका युवालाई एकीकृत गर्दै जनताको समस्या, सम्भावना र आकांक्षालाई नजिकबाट बुझ्ने तथा त्यसको समाधानका लागि सक्रिय पहल गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको बताइएको छ ।
अभियानका अभियन्ताहरूका अनुसार अहिलेको आवश्यकता युवाको ऊर्जा, विचार र नेतृत्वलाई संगठित गरेर देश निर्माणमा केन्द्रित गर्नु हो । यही उद्देश्यअनुसार विभिन्न जिल्लामा संगठन विस्तार तथा जिम्मेवारी बाँडफाँडको कार्य जारी रहेको जनाइएको छ । यसैक्रममा चितवन अध्यायको जिम्मेवारीसमेत औपचारिक रूपमा घोषणा गरिएको छ ।
चितवनमा अभियानलाई प्रभावकारी ढंगले अघि बढाउन बिशु गुरुङलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ भने विकल घताने र यान्जल थापा मगरलाई सह–संयोजकको जिम्मेवारी तोकिएको छ ।
























