चितवन विशेष

चितवनको नारायणी नमुना मावि नेपालकै प्रथम भएको दाबी,३७ विद्यार्थीले ल्याए ४ जिपिए

Banner

चितवन,बैशाख २९-

चितवनको सामुदायिक विद्यालय नारायणी नमुना माविका ३७ जना विद्यार्थीले एसईईमा जीपीए चार ल्याएपछि नेपालकै प्रथम भएको दावी गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर विकास समितिका संयोजक तथा विद्यालयका पूर्व प्रअ पूर्णप्रसाद दवाडीले नारायणी नमुना माविको नतिजा देशभरमै उत्कृष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो,नेपाल प्रथम भएको हाम्रो दाबी हो,अहिलेसम्म देशको कुनै सामुदायिक तथा संस्थागत विद्यालयका यति धेरै विद्यार्थीले ४ जिपिए ल्याएको खबर आएको छैन । उहाँले विद्यालयको नतिजा चमत्कारिक भएको भन्दै शिक्षक विद्यार्थी र अभिभावकको मेहनतले यो सम्भव भएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीका अनुसार विद्यालयबाट यो पटक ३८० जना विद्यार्थी एसईईमा सामेल भएका थिए । जसमध्ये एक जनाबाहेक सबै उत्तीर्ण भएको प्रधानाध्यापक दुवाडीले बताउनुभयो । गतबर्ष ७ जनाले ४ जिपिए ल्याएका थिए ।

२१६ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन भने ३.२ देखि ३.६ जिपिए ल्याउने १०२ जना विद्यार्थी छन । २.८ देखि ३.२ ल्याउने २१ जना र २.४ देखि २.८ जिपिए ल्याउने ३ जना विद्यार्थी रहेको दुवाडीले बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइ चितवनका अनुसार जिल्लामा १२ हजार विद्यार्थी एसईईमा सामेल थिए । परीक्षाको नतिजाको विवरण संकलन भइरहेको कार्यालयले जनाएको छ । प्रारम्भिक विवरणमा चितवनमा कुल ७३ जना विद्यार्थीको चार जीपीए आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>