चितवन विशेष

अण्डाको नयाँ समर्थन मूल्य तोकियो,एक क्रेटको मूल्य कति ?

Banner

चितवन,बैशाख २८-

नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य मंगलबारदेखि लागू हुने सङ्घका सचिव मदन पोखरेलले जानकारी दिए । सोमबार भौतिक र भर्चुअल रूपमा भएको बैठकमा चितवनलाई आधार मानेर नयाँ समर्थन मूल्य तोकिएको हो । नयाँ मूल्यअनुसार अण्डाको मूल्य बढेको छ ।

ठुलो अण्डा प्रति क्रेटको मूल्य ४८५ रुपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ५०० रुपैयाँ कायम गरिएको छ । यसअघि ठुलो अण्डा प्रति क्रेटको ४५० रुपैयाँ थियो भने एक्सएल अण्डा प्रति क्रेट ४६५ रुपैयाँ थियो। मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ४३५ रुपैयाँ तोकिएको सचिव पोखरेलले बताए । यसअघि मिडियम अण्डाको मूल्य ४ सय थियो । सानो अण्डा प्रति क्रेट २५०० रुपैयाँ तोकिएको छ । यसअघि सानो अण्डा प्रति क्रेट २३०० रुपैयाँ थियो । सङ्घले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>