चितवन विशेष

१४ महिनामा ८४० घरपरिवारलाई लालपुर्जा वितरण गरियोः इमानसिंह लामा

Banner

भरतपुर,बैशाख २५-

चितवनमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या ४१ हजार बढी रहेको छ । विगठित भूमि समस्या समाधान आयोग चितवनका अनुसार जिल्लाका सात पालिकामा २४ हजार ४६२ अव्यवस्थित बसोबासीको संख्या सहित ४१ हजार २८२ भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या रहेको हो ।

भूमि समस्या समाधान आयोग चितवनका निवर्तमान अध्यक्ष इमानसिंह लामाले पत्रकार सम्मेलन मार्फत आफ्नो कार्याकालको गतिविधि बारे जानकारी गराउँदै चितवनमा भूमिहिनहरुको समस्या समाधान गर्न सहज रहेको बताउनुभयो । उहाँका अनुसार माडीको हनुमान झुला र नारायाणी किनारमा बाहेक अन्यन्त्र ठुलो समस्या छैन । जिल्लामा भूमिहिन दलित ४ हजार १३७ र भूमिहिन सुकुम्बासी १२ हजार ४६२ रहेका छन् । त्यसमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिका र राप्ती नगरपालिका धेरै भूमिहिन रहेको उहाँले बताउनुभयो ।

निवर्तमान अध्यक्ष लामाले आफ्नो कार्यकालको छोटो अवधिमा ८४० घरपरिवारलाई लालपुर्जा वितरण गर्न सफल भएको बताउनुभयो । ‘मेरो कार्यकाल १४ महिनाको रह्यो । यद्यपि काम गर्ने समय भने साढे तीन महिनाभन्दा बढी पाएनौँ’, आफ्नो कार्यकालको अवस्थाबारे बताउँदै लामाले भन्नुभयो ‘म भूमि समस्या समाधान आयोग, चितवनको अध्यक्षमा नियुक्त भएको अघिल्लो माघ महिनामा हो । त्यसको डेढ महिनामा अन्य सदस्यको नियुक्त भयो । चार महिनापछि कर्मचारी पठाइयो । काम सुरु हुन लाग्दा जेन्जी आन्दोलन भयो । त्यसपछि बनेको सरकारले आयोग नै खारेज गर्यो । पाँच महिनापछि सर्वोच्चले काम गर्न अनुमति दियो । त्यस लगत्तै निर्वाचन आचारसंहिता लागेर काम गर्न सकिएन ।’

यद्यपि जेनजि आन्दोलन पछि ५४० वटा लालपुर्जा वितरण गरिएको उहाँले बताउनुभयो । उहाँले अफ्ठेरो परिस्थितीमा पनि ७७ जिल्लामा सबैभन्दा राम्रो काम चितवनमा भएको दाबी गर्नुभयो । जेनजी आन्दोलनमा ९ हजार फाईल र १७ हजार कित्ता बढी प्रमाणित भएका फाइल जल्दा लालपुर्जा वितरणमा समस्या भएको उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>