Breaking News

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध

Banner

भरतपुर,बैशाख २५-

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको छ । सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ५ तुइनखोलामा आज बिहान करिब ५ः२० बजे सुख्खा पहिरो खस्दा सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार पहिरोले सडक पूर्ण रूपमा बन्द भएपछि प्रहरी टोली परिचालन गरिएको छ । सडक डिभिजन कार्यालयसँग समन्वय गरी सडक खुलाउने कार्य तीव्र रूपमा भइरहेको सिंहले बताउनुभयो । सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन करिब एक घण्टा समय लाग्ने अनुमान गरिएको छ । यस मार्ग हुँदै यात्रा गर्ने यात्रुहरूलाई केही समय धैर्य गर्न तथा सडक खुलाउने कार्यमा सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>