चितवन विशेष

चितवनमा चक्कु प्रहारबाट एक युवकको मृत्यु

Banner

भरतपुर,बैशाख २३-

चितवनमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–७, बुद्धचोकस्थित एक अटो पसलमा काम गर्ने युवकको चक्कु प्रहारबाट मृत्यु भएको हो । मंगलबार राति अन्दाजी ११ः५० बजेको समयमा अज्ञात व्यक्तिले सम्भव अटो पसलमा काम गर्ने ३० वर्षीय आशिष खनालमाथि धारिलो हतियार (चक्कु) प्रहार गरेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो।

अस्पतालमा उपचारकै क्रममा राति १२ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट कृष्णपुरबाट प्रहरी सहायक निरीक्षक अनिल कुमार झाको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो। प्रहरीका अनुसार चक्कु प्रहार गर्ने व्यक्ति घटनापश्चात मोटरसाइकलमा फरार छन। हाल फरार अभियुक्तको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>