चितवन विशेष

पत्रकार वसन्त पराजुलीको उपन्यास ‘बखान’लाई कविडाँडा कृति पुरस्कार

Banner

चितवन,बैशाख २१-

पत्रकार तथा लेखक वसन्त पराजुलीको उपन्यास ‘बखान’ लाई कविडाँडा कृति पुरस्कार प्रदान गरिने भएको छ । कविडाँडा साहित्य समाजले पराजुलीको ऐतिहासिक कृति ‘बखान’ का लागि उक्त पुरस्कार दिने निर्णय गरेको समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिनुभयो ।

उक्त पुरस्कारको राशि १५ हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्ला रहेको छ । ‘बखान’ उपन्यास चितवनको बस्ती विकासको चरणसँगै प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनीमा केन्द्रित रहेर लेखिएको कृति हो । पराजुली नेपाल पत्रकार महासघ चितवनका अध्यक्ष हुनुहुन्छ ।

यसैगरी, कविडाँडा साहित्य समाजले यस वर्षको ‘देव खिना स्मृति पुरस्कार’ चितवनका वरिष्ठ साहित्यकार पोषराज पौडेललाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशि पनि १५ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ । दुवै पुरस्कार आगामी जेठ ९ गते आयोजना गरिने विशेष समारोहमा वितरण गरिने आयोजक संस्थाका सचिव लेखराम सापकोटाले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>