फोटो फिचर

संयुक्त विद्यार्थी आन्दोलनले त्रिभुवन विश्वविद्यालय परिसरमा गर्यो मार्चपास (तस्बिरहरु)

Banner

काठमाडौँ, वैशाख १५ –

संयुक्त विद्यार्थी आन्दोलनले विभिन्न राजनीतिक दलसँग सम्बद्ध विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीको विरोधमा त्रिभुवन विश्वविद्यालय परिसरमा मार्चपास गरेको छ।

त्रिभुवन विश्वविद्यालय घण्टाघरदेखि टी. यु गेटसम्म मार्चपास गर्दै विद्यार्थीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनीहरूको भनाइमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुनुका साथै नागरिक अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेप हो। त्यसैले उक्त निर्णय तत्काल फिर्ता गर्नुपर्ने माग गरिएको छ।

यसैबीच आन्दोलनरत विद्यार्थीहरूले अन्य मागहरू पनि अघि सारेका छन्। उनीहरूले बढ्दो महँगी नियन्त्रण गर्न, शैक्षिक संस्थाहरूलाई ब्यारेकीकरण गर्ने अभ्यास बन्द गर्न तथा मेरिटोक्रेसी (योग्यता प्रणाली) लागू गर्न आग्रह गरेका छन्। साथै, विद्यार्थीलाई यातायातमा दिइँदै आएको ४५ प्रतिशत भाडा छुटलाई यथावत् कायम गर्न र विद्यार्थी संगठनमाथि लगाउन खोजिएको प्रतिबन्धसँगै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने निर्णय फिर्ता लिन पनि माग गरेका छन्।

उक्त मागसहित विद्यार्थीहरूले मार्चपासमार्फत सरकारको निर्णयप्रति आफ्नो असहमति प्रकट गरेका छन्।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>