Breaking News
डोजर रोक्न माग गर्दै सुकुम्बासी रास्वपा कार्यालयमा, सुरक्षा कडा
०

काठमाडौं , वैशाख ११ –
सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती खाली गर्ने तयारी गरेसँगै प्रभावित स्थानीयहरू विरोधमा उत्रिएका छन्। डोजर चलाउने निर्णय रोक्न माग गर्दै सुकुम्बासीहरू शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालय पुगेका हुन्।
प्रदर्शनको सम्भावित तनावलाई ध्यानमा राख्दै कार्यालय परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ र सुरक्षा व्यवस्था कडा पारिएको छ।सरकारको निर्देशनअनुसार प्रहरीले बिहीबार साँझदेखि नै प्रभावित क्षेत्रमा माइकिङ सुरु गरेको थियो। सुकुम्बासीहरूलाई शुक्रबार साँझसम्म बस्ती खाली गर्न सूचना दिइएको छ। आज दिनभर पुनः माइकिङ जारी राखिने र शनिबार बिहानैदेखि डोजर चलाउने तयारी गरिएको जनाइएको छ।
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>































