चितवन विशेष

चितवनका प्राडा मनोहर प्रधान स्वास्थ्य मन्त्रीको प्रमुख विज्ञ सल्लाहकार नियुक्त

Banner

चितवन,बैशाख १०-

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्राडा मनोहर प्रधान नियुक्त भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई मन्त्रीको विज्ञ सल्लाहकारका रूपमा पठाउने आधिकारिक निर्णय गरेसँगै सरकारले उक्त जिम्मेवारी दिइएको हो । चिकित्सा तथा प्राध्यापन क्षेत्रमा लामो अनुभव हासिल गरेका डा.प्रधानलाई मन्त्रालयको अवैतनिक विज्ञ सल्लाहकारका रूपमा नियुक्तिपत्र प्रदान गरिएको छ ।

चितवनलाई कार्यथलो बनाउँदै आएका उनी विगत १८ वर्षदेखि कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज), भरतपुरमा प्राध्यापनरत छन् । पेशागत दक्षता र मर्यादाका कारण डा. प्रधान दुई पटक नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यसमेत भइसकेका छन् । उनि रास्वपाको समानुपातिक सूचिमा अग्र स्थानमा थिए । तर उनि सांसद बन्न पाएनन् । रवि लामिछानेको देशव्यापी चुनावी अभियानमा संगै हिडेका उनि स्थापनाकाल देखिनै रास्वपामा सक्रिय छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>