फोटो फिचर

इन्धन खपत कम गराउने उद्देश्यका साथ सरकारले आइतवार बिदा दिदाँ पनि काठमाडौँ मुख्य चोकमा सवारीको चाप

Banner

काठमाडौँ , वैशाख ६ –

इन्धन खपत कम गराउने उद्देश्यले सरकारले गत सातादेखि शनिबारसँगै आइतबार पनि सरकारी कार्यालय र विद्यालयमा बिदा दिएको छ। तर बिदाको दिनमा समेत काठमाडौंका मुख्य चोकहरूमा सवारीसाधनको चाप पूर्ण रूपमा घटेको देखिँदैन।

कनंकी, चाबहिल, नयाँ बानेश्वर, माइतीघर, गौशाला र जडिबुटी जस्ता प्रमुख चोकहरूमा बिहानको ९ बजे देखि ११ बजेसम्म आइतबार पनि उल्लेख्य सवारी चाप देखिएको छ। केही स्थानमा त शनिबारभन्दा आइतबार अलि बढी नै भीडभाड देखिएको छ। सरकारी बिदा भए पनि धेरैजसो निजी कम्पनीहरूले भने सधैंको नियमित समयमै कार्यालय सञ्चालन गरिरहेका छन्।

समग्र रूपमा हेर्दा सवारीसाधनको संख्या पहिलेको तुलनामा घट्दो क्रममा रहेको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार हाल सडकमा करिब ५० प्रतिशतसम्म सवारीसाधन घटेका छन्। “शनिबारभन्दा आइतबार अलि बढी चाप देखिन्छ, तर पहिलेको जस्तो अवस्था छैन,” उनले बताए।

मुख्य चोकहरूमा देखिएको जाम भने सवारी व्यवस्थापन तथा आवतजावत मिलाउने क्रममा भएको ट्राफिक व्यवस्थापनका कारण भएको जनाइएको छ।

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>