चितवन विशेष

भरतपुरका विद्यालयहरु यथाशिघ्र खुलाउन संस्थागत तथा सामुदायिक विद्यालयका अभिभावकहरुको माग

Banner

चितवन, वैशाख ६–

भरतपुरका संस्थागत विद्यालय अभिभावक संघ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ भरतपुर समितिले यथाशिघ्र विद्यालय संचालन गर्न माग गरेका छन् ।

संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष भोजराज न्यौपाने र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ भरतपुरका अध्यक्ष सुदीप सुवेदीले संयुक्त अपिल जारी गर्दै यथाशिघ्र विद्यालय संचालन गर्न माग गरेका हुन् । केहीदिन अघि भरतपुर महानगरपालिकाले संघीय सरकारको निर्णय विपरीत तत्काल विद्यालय संचालन नगर्न निर्देशन दिएको थियो । तर आम अभिभावक तथा विद्यार्थीहरुको चाहना र व्यवहारिकता समेतलाई मध्यनजर गर्दै यथाशिघ्र शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नका लागि भरतपुर महानगर र भरतपुर महानगर भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु समक्ष अपिल गरेको छ ।

लामो समय विद्यार्थीहरु घरमै रहँदा शिक्षण सिकाईमा प्रभाव पर्ने भएकाले तत्काल विद्यालय संचालन गर्नु पर्ने संस्थागत विद्यालय अभिभावक संघ भरतपुर महानगर समितिका सचिव नविन चापागाईले बताए । ‘अहिले अनावश्यक रुपमा विद्यालय लामो समय बन्द गरिएको छ, यसले झनै विद्यार्थीमा नकरात्मक असर पर्छ, अभिभावकहरुको गुनासोका आधारमा तत्काल विद्यालय संचालन गरियोस्’–सचिव चापागाईले भने ।

लामो समयसम्म घरमै बस्दा विद्यार्थीहरुको सर्वाङगीण विकासमा बाधा पुग्ने, अभिभावकहरुलाई पनि निरन्तर रुपमा घर व्यस्त राख्न कठिनाई सिर्जना हुने, बालबालिकाहरु मोबाइल फोन, टिभीमा व्यस्त हुने तथा घर बाहिर असुरक्षित किसिमले घुमफिर गर्दा विविध समस्या सिर्जना हुन सक्ने भएकाले छिटो विद्यालय खुलोस् भन्ने अभिभावकहरुको चाहना रहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>