Breaking News
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा राजीनामा
०

काठमाडौँ, वैशाख ५-
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ ।
उहाँले शुक्रबार अर्थ मन्त्रालयमा राजीनामापत्र बुझाउनुभएको हो । श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको प्रतिक्रिया दिनुभयो ।
सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाइ छ । श्रेष्ठ २०८१ मङ्सिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुनुभएको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























