चितवन विशेष
बैशाख ९ गतेदेखि ‘गुरुकुल एसइई फुटसल कप’ हुँदै

चितवन, वैशाख ७-
भरतपुर महानगरपालिका–९ मा रहेको गुरुकुल कलेजले एसइईका विद्यार्थीहरुलाई लक्षित गरेर ‘गुरुकुल एसइई फुटसल कप’ आयोजना गर्ने भएको छ । चितवन र बाहिरी जिल्लामा एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै यही बैशाख ९ गतेदेखि ११ गतेसम्म फुटसल प्रतियोगिता आयोजना गर्न लागेको कलेजले आज (शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।
कलेजमा निर्माण गरिएको अन्तराष्ट्रिय स्तरको आफ्नै फुटसल मैदानमा तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ । विद्यार्थीको अनुशासन र पढाइमा पनि लगनशील बनाउनको लागि कलेजले अतिरिक्त क्रियाकलापमा जोड दिँदै फुटसल प्रतियोगिताको आयोजना गरिएको कलेजका प्लसटु विज्ञान कार्यक्रम संयोजक हरिहर भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीलाई विद्यार्थी मैत्री खेल आश्वश्यक छ ।
प्रतियोगितामा तीन जना सवस्टिच्यूट सहित आठ जना खेलाडी सहभागिता हुन पाउनेछन् । यसका लागि विद्यालयको परिचयपत्र सहित विद्यार्थी सहभागिता हुनुपर्नेछ । प्रतियोगितामा विजेताले पन्ध्र हजार र उपविजेताले दश हजार रुपैयाँ प्राप्त गर्ने भुसालले जानकारी दिनुभयो । त्यस्तै उत्कृष्ट स्कोर ल्याउने खेलाडी, उत्कृट गोल र उत्कृट खेलाडीले समान दुई÷दुई हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागिता जनाउनका लागि बैशाख ७ गतेसम्म दर्ता गर्नुपर्नेछ । कलेजले विभिन्न समयमा विद्यार्थी लक्षित विभिन्न कार्यक्रम गर्दै आएको छ ।


























