फोटो फिचर

सैनिक मञ्च, टुँडिखेलमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवस

Banner

काठमाडौँ,वैशाख २-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज टुडिखेलमा एक कार्यक्रम आयोजना गरी प्रथम अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवस मनाइएको छ ।

उक्त कार्यक्रममा सभामुख पर्यटनमन्त्री र विभिन्न संघसंस्था तथा सरकारी निकायका व्यक्तिहरू उपस्थित थिए। यो दिवस नेपालको अगुवाइमा यसै वर्षदेखि विश्वका विभिन्न देशमा मनाइँदै छ ।

समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको महासभाले १५ अप्रिललाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो ।

हरेक वर्ष आरोग्य दिवस मनाउन नेपालले गरेको प्रस्तावलाई महासभाले गत २६ फागुनमा अनुमोदन गरेको हो

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>