चितवन विशेष
नयाँ वर्षको स्वागतमा होटेल पौवा भरतपुरमा आज ‘साँस्कृतिक साँझ’

चितवन, चैत ३०–
नेपाली नयाँ वर्षको आज अन्तिम दिन । भोलिदेखि नयाँ वर्ष २०८३ शुभारम्भ हुँदैछ । नयाँ वर्षको पूर्वसन्ध्यामा विभिन्न ठाउँमा सांगीतिक कार्यक्रमहरुको तयारी भइरहँदा भरतपुरको होटेल पौवाले आज ‘साँस्कृतिक साँझ’ कार्यक्रम आयोजना गरेको छ ।
आज साँझ ७ बजेदेखि नयाँ वर्षको स्वागत गर्दै राति १२ बजेसम्म चल्ने साँस्कृतिक साँझमा चर्चित कलाकारहरुको उपस्थिति रहेको छ । कार्यक्रममा गायक अमित बराल र उनको ब्याण्डको प्रस्तुती रहने छ भने गायक शिरिष देवका्ेटा, सलिना वि.क.को प्रस्तुतीसंगै विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिने होटेल पौवा भरतपरका म्यानेजर विजय न्यौपानेले जानकारी दिए । उनले नयाँ वर्षको स्वागतका लागि चितवनबासीलाई उपस्थित हुन आह्वान गरे । कार्यक्रममा प्रवेश शुल्क निःशुल्क रहेको म्यानेजर न्यौपानेले बताए ।
होटेल पौवा भर्खर १० वर्ष पुरा गरेको छ । यही अवसरमा पौवाले केहीदिन अघि ‘स्वाद उत्सव’ कार्यक्रम समेत आयोजना गरेको थियो ।



























