Breaking News

चितवनका स्पा सेन्टरमा प्रहरीको छापा,एक महिलासहित ८ जना प्रहरीको नियन्त्रणमा

Banner

चितवन, चैत २५-

चितवनको भरतपुर र नारायणगढ बजार क्षेत्रमा संचालित केही स्पा सेन्टरमा प्रहरीले छापा हानेको छ । आज (बुधबार) अपरान्ह जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरीक्षक जहरलाल स्याङतनको कमान्डमा खटिएको १० जना प्रहरी टोलीले एक महिलासहित ८ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरी टोलीले स्पा तथा मसाज सेन्टरहरूमा अनुमतिबिना (दर्ता नगरी) सञ्चालन गरिएको, कोठामा क्यूआर कोड राखिएको तथा अवैध गतिविधि हुने गरेको पाइएको जनाएको छ।

प्रहरीले नमस्ते किङ स्पा, कान्तिपुर स्पा, मुनस्टार हेल्थ केयर एण्ड स्पा, गुड हेल्थ स्पा, हेप्पी हेल्थ स्पामा छापा हानेको थियो । प्रहरीले छापा मार्ने क्रममा सञ्चालक, ग्राहक तथा स्टाफसमेत गरी जम्मा ८ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>