चितवन विशेष

चितवनमा सहचालकले बस पार्किङ गर्दा व्याक गर्ने क्रममा ठक्कर दिँदा बालकको मृत्यु

Banner

भरतपुर,चैत २२-

चितवनमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ। गयराति अन्दाजी ११ बजेको समयमा भरतपुर महानगरपालिका–३, नगरवन मार्गमा बा.प्र.०६–००१ ख ०४९२ नम्बरको बस सहचालकले पार्किङका लागि ब्याक गर्ने क्रममा एक बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो। छातीमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा राति ११ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रहरीका अनुसार मृतक भारत, अमरावती जिल्ला, अन्जनगाउँ निवासी प्रेम घोस्लेका १० वर्षीय छोरा इरेस घोस्ले रहेका छन्।

दुर्घटनामा संलग्न बस र सहचालक नवलपुर कावासोती नगरपालिका–१ बस्ने २५ वर्षीय प्रेम बहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>