Breaking News

हवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको भाडा बढ्ने

Banner

काठमाडौं, चैत १८-

वायुसेवा सञ्चालक संघ, नेपालले आन्तरिक उडानको भाडा बढ्ने जनाएको छ । मध्यपूर्व (खाडी) क्षेत्रमा जारी द्वन्द्वका कारण हवाई इन्धनको मूल्यमा भएको तीव्र वृद्धिपछि आन्तरिक उडानको भाडा बढाउनुपरेको संघले जनाएको हो ।

इन्धन शुल्क (फ्युल चार्ज) बढेपछि नयाँ हवाई भाडादर लागु गर्नुपरेको र हेलिकोप्टर सेवाको भाडादर पनि सोहीअनुसार समायोजन गरिने संघले जनाइएको छ । इन्धन मूल्य झण्डै दोब्बरले वृद्धि भएसँगै वायुसेवा कम्पनीहरूलाई उडान सञ्चालन खर्च धान्न कठिन भएको संघले जनाएको छ ।

नेपाल आयल निगमले ०८२ चैत १८ गतेदेखि लागु हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ ले बढाएर २५१ पुर्‍याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>