चितवन विशेष

भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा.विश्व बन्धु बगाले नियुक्त

Banner

चितवन,चैत १८-

भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्व बन्धु बगाले नियुक्त भएका छन्।

यसअघि गण्डकी प्रदेश सरकारमा सचिवको जिम्मेवारी सम्हाल्दै आएका बगाले अब अस्पतालको नेतृत्व सम्हाल्ने भएका हुन्। स्वास्थ्य सेवा व्यवस्थापन र नीतिगत तहमा अनुभव हासिल गरेका बगाले गण्डकी प्रदेशमा रहँदा स्वास्थ्य क्षेत्र सुधार तथा सेवा विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए।

उनको नियुक्तिसँगै भरतपुर अस्पतालको सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। बगालेले यसअघि भरतपुर अस्पतालमा निमित्त मेसुको जिम्मेवारी सम्हालेर काम गरिसकेका छन । यसअघि निमित्त मेसु डा. कृष्णप्रसाद पौडेल थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>