Breaking News

आर्थिक प्रगति कमजोरः भरतपुर महानगरको खर्च ३७ प्रतिशतमा सीमित

Banner

चितवन, चैत्र १२–
चितवनको भरतपुर महानगरपालिकाको चालु आर्थिक वर्षको ८ महिनामा ३७ दशमलव १८ प्रतिशत आर्थिक प्रगति भएको छ । चालु आर्थिक वर्ष २०८२÷८३को दोस्रो चौमासिकसम्म आईपुग्दा सो रकम खर्च भएको हो ।

आज(बिहीबार) भरतपुरमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले कुल बजेटको १ अर्ब करोड ९३ करोड २३ लाख ६ हजार रुपैयाँ खर्च भएको जानकारी दिए । महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयौँ अनुमानित व्यय राखेको थियो ।

चालु बजेट तर्फ महानगरले २ अर्ब ५८ करोड ८९ लाख ४७ हजार ८ सय ८१ रुपैयाँ विनियोजित गरेको थियो । त्यसमध्ये १ करोड २७ करोड ३७ लाख २१ हजार १ सय २८ रुपैयाँ खर्च भएको उनले जानकारी दिए । यो चालु तर्फको समग्र बजेटको ४९ दशमलव २ प्रतिशत हो । पुँजिगत बजेट तर्फ २ अर्ब ६० करोड ७७ लाख ६८ हजार १ सय १९ रुपैयाँ विनियोजित भएकोमा हालसम्म ६५ करोड ८५ लाख ८५ हजार ६ सय ७० रुपैयाँ मात्र खर्च भएको छ । जुन समग्र पुँजिगत बजेटको २५ दशमलव २५ प्रतिशत प्रगति हो ।

महानगरपालिकाले यो अवधिमा १९ करोड ६२ लाख ५० हजार ५ सय २७ रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । उसले यो अवधिमा ४८ करोड ६३ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । महानगरपालिकाले गौरवको आयोजनाहरुमा पनि सन्तोष जनक प्रगती गर्न सकेको छैन । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको भौतिक प्रगती ४५ प्रतिशत मात्र गरेको छ । प्रदेश सरकारबाट रकम निकासा हुन ढिलो हुँदा काममा केही ढिलाई भएको प्रमुख प्रशासकीय अधिकृत भारतीले जानकारी दिए । रंशगाला निर्माण गर्दा ३४ करोड ८० लाख खर्च भएको छ । ३ करोड ७० लाखको पुङ्गीखोला सौन्दर्यीकरण कार्यको थालिन भएकोमा ३० प्रतिशत मात्र वित्तीय प्रगती भएको प्रतिवेदनमा उल्लेख छ ।

भरतपुर महानगरपालिका १६, १७ र २८मा १ हजार ५ सय मिटरको फाउण्डेसन सहित मेशजालीमा सात सय मिटरमात्र निर्माण समपन्न भएको छ । ४ सय १८ स्थानमा सिसिटिभि क्यामेरा जडान गर्नुपर्ने ठाउँमा २५० वटा मात्र क्यामरा जडान भइसकेका छ् । बाँकी स्थानमा तीब्र रुपमा जडान कार्य भइरहेको उनले बताए । महानगरपालिकाले यस वर्ष विभिन्न सडकहरुमा १३ दशमलव १२ किलोमिटर सडक मर्मत सम्पन्न गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>