Breaking News
इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी, तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु
०

तेहरान,चैत ११ –
इरानमाथि अमेरिका र इजरायलका तर्फबाट आक्रमण जारी छ । दक्षिण तेहरानमा भएको पछिल्लो आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । लेबनानबाट प्रहार गरिएको क्षेप्यास्त्रका कारण इजरायलमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको इजरायली सञ्चारमाध्यम च्यानल १२ ले जनाएको छ ।
वाइनेट न्यूजका अनुसार, उक्त प्रहारबाट निर्माणाधीन एक घरमा क्षति पुगेको छ । यद्यपि, सो घटनामा कोही पनि हताहत नभएको समाचारमा उल्लेख छ । यसअघि इरान र हिजबुल्लाहले गरेको मिसाइल आक्रमणमा उत्तरी इजरायलमा एक जनाको मृत्यु भएको थियो । उक्त आक्रमणमा तेल अभिभ नजिकैका शहरहरू बनी ब्राक र गिभात श्मुएलमा कम्तीमा १२ जना घाइते भएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























