फोटो फिचर

विरोध सहित माइतीघर मण्डलामा ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस (तस्बिरहरु)

Banner

काठमाडौँ,चैत ७ –

६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा आज राजधानीको माइतीघर मण्डलामा विशेष कार्यक्रम आयोजना गरिएको छ। विभिन्न दलित अधिकारकर्मी संघसंस्था, मानव अधिकारवादी तथा नागरिक अभियन्ताहरूको ठुलो सहभागितामा आयोजित उक्त कार्यक्रममा जातीय विभेद र छुवाछूत अन्त्यका लागि सशक्त आवाज उठाइएको छ।

कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले जातीय विभेद विरुद्धको लडाइँ पद र सत्ताभन्दा माथि रहेको बताउनुभयो। उहाँले सामाजिक न्यायका लागि आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै भन्नुभयो, म सरकारमा होस् या नहोस्, जातीय विभेद विरुद्ध आवाज उठाउन छाड्दिन। हाम्रो आफ्नै नेतृत्वको सरकारले यदि यस विषयमा गलत गर्छ भने त्यसको विरुद्धमा पनि म निर्धक्क भएर आवाज उठाउने छु।

तस्बिरहरुःनेपाल फोटो लाइब्रेरी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>