Breaking News
शपथ हुने छाँटकाँट देखिएन, किताब बेच्छु, गाह्रो पिरो नमान्नुहोलाः महावीर पुन
०

म्याग्दी, चैत ५-
म्याग्दीबाट नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले शपथको टुंगो नभएको भन्दै आफू पुनः सडक किनारमा पुस्तक बेच्न निस्किएको जानकारी दिएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले लेखेका छन्, ‘शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन। त्यसैले आज बिहान १० बजेदेखि नदीपुरको बालमन्दिरदेखि ५० मिटर पश्चिमतिर रहेको सिंगापुर क्याफेको छेउमा मेरो आत्मकथाको किताब बेच्ने छु। चुनाव सकिएपछि म्याग्दीको छ वटा पालिकामा गएर जनप्रतिनिधि र गाउँलेहरूसँग विकास र बजेट सम्बन्धी पहिलो चरणको छलफल सकियो। अनि के गरेर बस्ने त नि मेयर साहबरु गाह्रो पिरो नमान्नु होला।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























