चितवन विशेष

चलचित्र ‘राम नाम सत्य’ मार्फत चितवनका व्यवसायी अर्जुन सुनार फिल्म क्षेत्रमा प्रवेश,चैत २७ मा रिलिज हुने

Banner

चितवन,चैत ४-

चितवनका युवा व्यवसायी अर्जुन सुनार ’राम नाम सत्य’ मार्फत फिल्म क्षेत्रमा प्रवेश गरेका छन । उनि प्रोडुसर रहेको यस चलचित्र चैत २७ गते रिलिज हुनेछ । यस चलचित्रमा अर्जुनले छोटो अभिनय समेत गरेका छन । व्यवसायिक क्षेत्रमा स्थापित उनि चलचित्र क्षेत्रमा पनि अब्बल रुपमा प्रस्तुत हुने तयारी गरेका छन । अभिनेता सुनिल थापाको सम्झनामा निर्माण चलचित्र ’राम नाम सत्य’ को टिजर समेत सार्वजनिक गरिएको छ । यो फिल्म थापाको अन्तिम चलचित्र हो, छायांकनकै क्रममा उनको निधन भएको थियो। विराज भट्टको एक्सन र अन्य कलाकारको अभिनयले दर्शकको ध्यान खिचेको छ ।

माइकल चन्दको निर्देशनमा तयार भएको यस चलचित्रले स्वर्गीय थापाको विरासतलाई सम्मान गर्दै प्रचारप्रसार गरिएको छ । सार्वजनिक टिजरमा एक्सन, सस्पेन्स, प्रेम र थ्रिलरको मिश्रण देख्न सकिन्छ, जसले दर्शकमा कौतुहलता जगाएको छ ।
विशेषगरी अभिनेता विराज भट्टको अहिलेसम्मकै फरक र आक्रामक एक्सन अवतार टिजरको मुख्य आकर्षण बनेको छ । चलचित्रमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, प्रशान्त ताम्राकार र खुसी कार्की जस्ता कलाकारहरूको सशक्त अभिनय रहेको छ ।

माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रमा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत रहेको छ । चलचित्रको ‘धागोले बाटेको’ बोलको गीत यसअघि नै चर्चामा आइसकेको छ। मानकृष्ण महर्जनको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको यो फिल्म आगामी २७ चैतदेखि देशभरका हलहरूमा प्रदर्शन हुने तयारीमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>