फोटो फिचर

कुर्था-जनकपुर-जयनगर रेल्वे, अहिले बन्ला पूर्व–पश्चिम विद्युतीय रेल मार्ग (तस्बिरहरु)

Banner

जनकपुर , फागुन ३० –

कुर्था-जनकपुर-जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत सीमावर्ती क्षेत्रका सर्वसाधारणहरु लाभान्वित भएका छन् । प्रतिनिधिसभा निर्वाचनका समयमा पूर्ण रुपमा सेवा बन्द गरिएको रेल सेवा अहिले सामान्य रुपमा सञ्चालन भइरहेको छ ।

रेल विभागले २०१९ मा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग रेल किनेको हो भने पाँच वटा डिब्बासहितका एउटा रेलमा एकैपटक १२ देखि १३ सय यात्रुले यात्रा गर्न सक्छन् । डिजेल ईलेक्टिक मल्टिपल युनिट डिजेल र विधुत दुवैबाट चल्ने डिपिसि १९०१ र डिपिसि १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरका छन् ।

हाललाई कुर्था(जनकपुर(जयनगरमा मात्र सञ्चालक गरिँदै आएको नेपाल रेल्वे राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत सर्लाही खण्डमा ९० प्रतिशत काम सकिएको आयोजनाको लालबन्दी कार्यालयले जानकारी दिएको छ ।

निर्वाचनको समयमा हरेक पार्टीको घोषणा पत्रमा लेखिने पूर्व–पश्चिम विद्युतीय रेल मार्ग सञ्चालनको योजनाले अहिले सम्म पूर्णता पाएको छैन् । यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीले पनि पूर्व–पश्चिम विद्युतीय रेल मार्ग सञ्चालनको योजना आफ्नो वाचा पत्रमा समावेश गरिएको छ ।

रास्वपाको वाचा पत्रमा नेपालको यातायात प्रणालीमा दीर्घकालीन परिवर्तन ल्याउन विस्तृत अध्ययनको आधारमा रेलमार्ग विस्तारको ५० वर्षे गुरुयोजना बनाउने रहेको छ, र यसको शाखा मार्ग काठमाडौं, पोखरा, दाङ, सुर्खेत र तराईका प्रमुख सहरहरूमा पुर्याउने र त्यसलाई भारत र चीनको रेलमार्गसँग जोड्ने रहेको छ ।

यस सर्लाही खण्डको केही स्थानमा भने ट्रयाक निर्माणको कामसमेत बाँकी रहेको छ । सागरनाथ वन परियोजना र मूर्तिया वन कार्यालयले रूख कटान नगर्दा काम रोकिएको छ । हरिवन नगरपालिका–५ घुर्कौली क्षेत्रका केही किसानले अझै मुआब्जा लिन नमानेका कारण काम अगाडि बढ्न सकेको छैन् । किसानले जग्गाको मूल्यांकन बढाउन माग गर्दै काम गर्न अवरोध गरिरहँदा त्यस क्षेत्रमा कामको प्रगति शून्य छ ।

तस्बिरः प्रकाश चन्द तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>