Breaking News
सदनमा जनताको प्रश्नको उत्तर नआए बबाल हुनेछः हर्क साम्पाङ
०

विराटनगर, फागुन २४-
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा जनताको प्रश्न सोध्दा उत्तर नआए बबाल हुने संकेत गरेका छन् । उनले रास्वपाका वरिष्ठ नेता बालेन शाहतर्फ लक्षित गर्दै सदनमा समय दिने र उत्तर दिने नेतृत्व चाहिने बताए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ तर सरकारको नेतृत्व रविले गर्दा राम्रो ।’ उनले नबोल्ने मान्छेले प्रश्नको उत्तर विस्तारमा दिन नसक्ने भन्दै बालेनप्रति टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैनन् । सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























