Breaking News

चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

Banner

चितवन, फागुन २३-

चितवनको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

उपरदाङगढीबाट शक्तिखोरतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ह ०३१५ नम्बरको अटो शनिबार साँझ करिब ५ बजे अनियन्त्रित भई सडक छेउको नालामा पल्टिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा अटो चालक राप्ति नगरपालिका–९ का ३९ वर्षीय पूर्ण बिक, राप्ति–८ की ५६ वर्षीया विष्णु कुमारी तामाङ, राप्ति–९ की २२ वर्षीया बिनि तामाङ र राप्ति–९ कै करिब ५५ वर्षीया तिलक तामाङको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी राप्ति नगरपालिका–९ बस्ने ५३ वर्षीया चिनि कुमारी गुरुङ घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>