Breaking News

रुकुम पूर्वमा फराकिलो मतान्तरसहित प्रचण्ड अघि

Banner

काठमाडौं, फागुन २२-

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम सुरू भएको छ।

८८ स्थानमा अहिले मतगणना भइरहेको छ। दुई क्षेत्रको अन्तिम परिणाम प्राप्त भएको छ। रास्वपा र नेपाली कांग्रेसले एक(एक क्षेत्र जितेका छन्।

जारी मतगणनामा नेपाली कम्युनिष्ट पार्टीका ३ उम्मेदवारले अग्रता लिएका छन्। रुकुम पूर्वमा पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिइरहेका छन्। प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीका संयोजक हुन्।

प्रचण्डले ४ हजार ३ सय ९८ मत प्राप्त गर्दा कांग्रेसकी कुसुमदेवी थापाले १ हजार २ सय ६१ मत प्राप्त गरेकी छिन्। नेकपा एमालेका लिलामणी गौतमले ९ सय ७ र रास्वपाका लखनकुमार थापाले ३ सय ५४ मत प्राप्त गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>